मन्त्रिपरिषद्को प्रवक्तामा सूचना तथा सञ्चारमन्त्री कार्की


२ भदौ । सरकारको प्रवक्तामा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की चयन भएका छन् । सूचना तथा सञ्चारमन्त्री सरकारको प्रवक्ता तोकिने परम्परा रही आएको छ ।

प्रवक्ताको कार्यभार सम्हालेपछि पहिलो पटक उनले आजै बसेको मन्त्रिपरिषद्का निर्णयका बारेमा सञ्चारकर्मीलाई जानकारी गराएका थिए । नवनियुक्त प्रवक्ता कार्कीले साउन ३० गते सूचना तथा सञ्चारमन्त्रालयको कार्यभार सम्हालेका थिए ।
उनले भने, “सर्वप्रथम म मन्त्रिपरिषद्को प्रवक्ताको जिम्मेवारी सम्हालेपछि सबै सञ्चारकर्मीलाई अभिनन्दन गर्दछु, मन्त्रिपरिषद्का बैठकका निर्णय यहाँहरुलाई जानकारी गराउने छु ।” रासस

प्रतिक्रिया दिनुहोस्