मन्त्रिपरिषद् बैठक २ बजेलाई सारियो, सचिवालय बैठक १ बजे बालुवाटारमै


काठमाडौँ, ३ मंसिर । नेकपाको सचिवालय बैठककै समय पारेर बुधबार दिउँसो एक बजेका लागि तोकिएको मन्त्रिपरिषद् बैठक २ बजेलाई सारिएको छ । यसअघि नेकपाको सचिवालय बैठककै समय पारेर बोलाइएको मन्त्रिपरिषद् बैठक गलत सन्देश जाने भएकाले २ बजेका लागि सारिएको बालुवाटार स्रोतले बताएको । नेकपाको सचिवालय बैठक भने पूर्वनिर्धारित समयअनुसार नै दिउँसो १ बजे बालुवाटारमा बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्