मन्त्रिपरिषद पुनर्गठन : विष्णु पौडेललाई अर्थ,सञ्चारमा पार्वत गुरुङ (सूचीसहित)


काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि त्यस्तै , कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्