मन्त्री केसीले भारतीय राजदूतलाई छेउमा राखेर भने– ‘भारतसँगको सम्बन्ध रोटी र बेटीको’


१९ भदौ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले नेपाल र भारतको सम्बन्ध रोटी र बेटीको जस्तो रहेको बताएका छन् ।

स्वतन्त्र युवा प्रजातान्त्रिक सङ्घ नेपालले आयोजना गरेको तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिमेकी मुलुक भारतसँगको सम्बन्धलाई मजबुत बनाउनुपर्नेमा जोड दिए ।

भारतसँगको नेपालको नाता सदियौंदेखि रहँदै आएकाले यसलाई अझ प्रगाढ पार्दै लैजानुपर्नेमा उनले जोड दिए ।
लामो सङ्घर्षबाट प्राप्त भएको संविधानमा जनताका हक अधिकार सुनिश्चित भएको उनको भनाइ थियो । संविधान कार्यान्वयन सरकारको प्रमुख उद्देश्य रहेको उनले बताए।

नेपाली महिलाहरुको महान चाड हरितालिका तीजले नेपालीहरुको संस्कृतिलाई जोगाएर राखेको उनको भनाइ थियो । परम्परागतदेखि चल्दै आएको तीज पर्वलाई सबैले सम्मान गरिनुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्