मन्त्री नेम्वाङलाई सङ्क्रमण पुष्टि 


काठमाडौँ, ३ कात्तिक  ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । आज भएको पिसिआर परीक्षणको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउनुभएको छ । मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि अनुरोध गर्नुभएको छ ।
अहिलेसम्म सङ्घीय सरकारमा तीन मन्त्रीलाई सङ्क्रमण पुष्टि भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेश भट्टराई र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्