मलेसियामा सवारी दुर्घटना हुँदा दुई नेपालीसहित ८ को ज्यान गयो


क्वालालम्पुर, २५ चैत । मलेसियामा भएको सवारी दुर्घटनामा दुई नेपालीसहित ८ जनाको मृत्यु भएको छ ।
क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस सेलागरमा दुर्घटना हुदा दुई नेपालीको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु छन् ।
यद्यपि नेपाली दूताबासले यसको पुष्टि गरेको छैन ।
घाइतेहरुको पुत्राजया, सेरडाग, वान्तिग अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये तीन जना नेपालीको अवस्था अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्