चुस्स–चुस्स आइसक्रिम आउदैँ


chuss

२१ जेठ ।  लमजुङ जिल्लाको घले गाउँमा जन्मनु भएका लोक गायक हरि बिसीकोे नयाँ लोक दोहोरी गिती एल्वममा बजारमा आउदैछ ।

लमजुङ जिल्लाको घले गाउँ वडा नम्मर ३ मा जन्मनु भएका र हाल कामको शिलशिलामा लामो समयदेखि मलेशियामा रहनुभएका  लोक गायक  बिसी र चर्चित गायीका ज्योती मगरको समेत स्वर रहेको चुस्स चुस्स आइसक्रिम लोक दोहोरी एल्वम बजारमा ल्याउन लागेका हुन् ।

सुवास विशिको प्रस्तुती रहेको सो एल्वममा साजन शेर्पाले शव्द लेखेका छन भने रोशन सिंहको लय सिर्जना रहेको छ । सुवास विशीको यो एल्वम समसामयीक विषयलाइ जोडेर वनाइएकोले सबैले मन पराउने विश्वास रहेको समेत बताउनु भयो ।

पहिलो प्रस्तुती रहेकोले सबैले सुनेर प्रतिक्रिया दिन समेत उहाँले आग्रह गर्नु भएको छ । सो गीतको म्युजिक भिडियो समेत निर्माण गर्न लागेको छ्न् । २ महिना भित्रमा म्युजिक भिडियो समेत वजारमा ल्याउन लागेको गायक विशीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्