महाअभियोगबारे उपेन्द्र यादवले भने– ‘हामीलाई जानकारी छैन’


९ कात्तिक । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रकरण बारे आफूलाई केही जानकारी नभएको बताएका छन् ।

सङ्घीय प्रेस फोरम धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले दर्ता गराउने दलले त्यस विषयमा आफूहरुसँग कुनै छलफल नगरेकाले आफ्नो चासोको विषय नरहेको स्पष्ट पारे ।

महाअभियोग लगाउनेले नै कार्कीलाई नियुक्ति गरेको भन्दै अहिले महाअभियोग किन लगाउनु प¥यो ? भन्दै प्रश्न गरे । उनले महाअभियोगलाई बहाना बनाएर संविधान संशोधन प्रक्रियामा बाधक बनाउने कुरा उचित नभएको पनि बताए । उनले छठसम्म सहमति अनुसार संविधान संशोधन विधेयक नआए आन्दोलनमा जाने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्