महाधिवेशनको करिब दुई वर्षपछि एमालेका विभागले पूर्णता पाउँदै


cpnumlकाठमाडौँः सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले)को नवौँ महाधिवेशन २०७१ असारमा सम्पन्न भएको हो । महाधिवेशनबाट निर्वाचित कार्य समितिको कार्यकाल पाँच वर्षको हुन्छ ।

नवौँ महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष निर्वाचित भए । उनी अध्यक्ष निर्वाचित भएपछि देशको प्रधानमन्त्री समेत निर्वाचित भए । उनी प्रधानमन्त्री निर्वाचित भएको नै छ महिना भन्दा बढी भैसकेको छ ।

देशकै नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीले भने अहिलेसम्म पनि विभागहरुलाई पूर्णता दिन सकेको छैन । निकै लामो समयको माथापच्चीपछि केही विभागले पूर्णता पाए पनि नीति अनुसन्धान प्रतिष्ठान, वैदेशिक मामिला, संगठन, प्रचार तथा प्रकाशन, निर्वाचन, आर्थिक, वन तथा वातावरण, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, कृषि तथा भूमिसुधार, सहरी तथा गरिवी निवारण, जलस्रोत तथा ऊर्जा, राष्ट्रिय सुरक्षा जस्ता विभागले भने अझै पूर्णता पाउँन सकेका छैनन् ।

चैत २७ देखि वैशाख ३ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले विभागहरुलाई अन्तिम रुप दिन महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो । कार्यदलले केही विभागहरुको टुंगो लगाए पनि केहीको अझै टुंगो लगाउन सकेको छैन ।
अहिलेसम्म टुंगो लागेका विभागहरुको नामावली यस्तो छः
पार्टी स्कुल विभाग
केपी शर्मा ओली–प्रमुख,
शंकर पोखरेल–उपप्रमुख,
ईश्वरी रिजाल–सचिव,
सदस्यहरू स् तत्त्व तिमल्सिना, गोविन्द सुवेदी, घनश्याम कोइराला, पुरुषोत्तम न्यौपाने, पेम्बा लामा, मीनबहादुर शाही, भीम कार्की, रामेश्वर राना, राजेन्द्र रावल, गोकुल बास्कोटा, डा। प्रेम दंगाल, डा. युवराज खतिवडा, डा. सरोज धिताललगायतको टुंगो लागेको छ ।
उद्योग–वाणिज्य विभाग
मुकुन्द न्यौपाने–प्रमुख,
श्रीचन्द्र शर्मा–सचिव,
सदस्यहरूमा एल।पी साँवा, बलबहादुर तामाङ, बालकृष्ण शिवाकोटी, भीमलाल पौडेल, राजकिशोर यादव, दीपकप्रसाद देवकोटा, कल्पना योङहाङ, विश्वराज रेग्मी, मुक्तिराम पाण्डे, बालगोपाल थापा, यामबहादुर श्रेष्ठ, उद्धव केसी, रामबहादुर गुरुङ, राजेन्द्रमान श्रेष्ठ, भीमप्रसाद घिमिरे, धनराज आचार्य, खगेन्द्रराज जोशी, प्रेमप्रसाद पौडेल, भगीरथ सापकोटा, दीपक अधिकारी, डेकनाथ गौतम, गोपाल खनाल, विजय गुप्ता ।
स्वास्थ्य तथा जनसंख्या
सुजिता शाक्य–प्रमुख
रचना खड्का–उपप्रमुख
सदस्यहरूः डा. झलक गौतम, प्रा.डा. ऋतुप्रसाद बड्तौला, डा. गणेशबहादुर गुरुङ, डा। गोविन्द सुवेदी, डा। कृष्ण अधिकारी, डा। जागेश्वर गौतम, डा. विधान आचार्य, डा. मुकुन्द पन्थी, डा.बुद्धिमान श्रेष्ठ, प्रमिला देवान, तारा पोखरेल, अप्सरा पाण्डे, सरला केसी, चन्द्रकला सुब्बा, लक्ष्मी केसी, केदार पराजुली, रामविनोद महतो, बाबुराम भट्टराई, रामसुन्दर यादव, हरि कुँवर, चन्द्रबहादुर थापा
युवा तथा खेलकुद विभाग
कर्णबहादुर थापा प्रमुख,
सदस्यहरू दामोदर अर्याल, पीताम्बर तिम्सिना, महेश बस्नेत, केशव विष्ट, विजय राई, राजेश खाती, मीना श्रेष्ठ, नयन बोहरा, रिम रानाभाट, धनबहादुर तमाङ, विनोद मैनाली, सुरेश गौतम, दलबहादुर फडेरा, किशोर शर्मा पौडेल, महेश विष्ट, मोहन रेग्मी, नारायणराज आचार्य, कृष्णबहादुर थापा, मेघराज पौडेल, राजीव पहाडी, किशोरविक्रम मल्लको टुंगो लागेको छ ।

उपभोक्ता हित तथा सुशासन
घनेन्द्र बस्नेत–प्रमुख
गणेश पहाडी–उपप्रमुख
सदस्यहरू स् ज्योति बानियाँ, सूर्यबहादुर थापा, रोहित दाहाल, मोहिनी खनाल, भानुहरि भण्डारी, अनारकली मिया, सुवासचन्द्र ठकुरी, रञ्जना माझी, लुमानसिंह विश्वकर्मा, फाल्गुनी शर्मा, टीकाराम गौतम, बाबुराम हुमागाईं, आनन्दराम यादव, केपी सापकोटा, विमल पोखरेल, प्रयाग खड्का, मैना अछामी, राधा महतको टुंगो लागेको छ ।
संस्कृति विभाग
खगेन्द्र राई–प्रमुख
सदस्यहरू स् लालकाजी लामा, केशव भट्टराई, भिक्टर प्रधान, पुष्प आचार्य, प्रा।डा। पारसमणि भण्डारी, सानु पहाडीको टुंगो लागेको छ ।
न्याय तथा कानुन विभाग
रघुजी पन्त–प्रमुख,
डा देउमान सम्बाहम्फे उपप्रमुख
सदस्यहरूः गोविन्द बन्दी, डा चन्द्रकान्त ज्ञवाली, टीकाराम भट्टराई, रविनारायण खनाल, आङबाबु लामा, रुद्र नेपाल, कमल अर्यालको टुंगो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्