महाधिवेशनमा सहयोग गर्नेलाई पेशागत महासंघद्वारा सम्मान


२४ असार । पेशागत महासंघ नेपालले आफ्नो छैटौं महाधिवेशन सफल बनाउन भूमिका निर्वाह गर्ने व्यक्ति र संस्थालाई सम्मान गरेको छ । आज राजधानीमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा नेकपा (एमाले) का सचिव तथा मोर्चा संगठन प्रमुख गोकर्ण विष्टले उनीहरुलाई सम्मान गरेका हुन् ।

महासंघको गत असार ३–५ गतेसम्म ‘स्वाधीन अर्थतन्त्र र समृद्ध जीवनका लागि गुणस्तरीय सेवा र जिम्मेवार ट्रेड युनियन’ भन्ने मूल नाराका साथ छैटौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो ।

कार्यक्रममा नेकपा (एमाले) केन्दीय निर्वाचन आयोगका सचिव माधव पौडेल, बैकल्पिक केन्द्रीय सदस्य एवं पेशागत महासंघका वरिष्ठ उपाध्यक्ष प्रेमलकुमार खनाल, सांसद केदार सञ्जेल, पेशागत महासंघका पूर्वअध्यक्ष सुशीलचन्द्र अमात्य, प्रमोद शर्मा, एमाले केन्द्रीय लेखा आयोगका सदस्यहरु शिवकुमार अधिकारी र हरिकुमार श्रेष्ठ, पेशागत विशेष जिल्ला कमिटिका अध्यक्ष प्रेम पराजुलीलगायत सहभागी थिए ।

pesa

प्रमुख अतिथिका रुपमा बोल्दै एमाले सचिव विष्टले पेशागत महासंघले महाधिवेशन सफल पार्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेहरुलाई सम्मान गरेर महासंघले नयाँ थालनी गरेको भन्दै प्रशंसा गरे । उनले लोकतान्त्रिक अभ्यास गर्दा निर्वाचनमा असफल भएकाहरुसँग पनि सरसल्लाहका साथ अघि बढ्न सल्लाह दिँदै आफूभित्रका क्षमतावान व्यक्तिहरुलाई उचित जिम्मेवारीमाा समावेश गराई संगठनलाई एकमाना एकतासाथ सञ्चालन गर्न नेतृत्व सक्षम हुने विश्वास व्यक्त गरे ।

महासंघका पुनर्निर्वाचित अध्यक्ष विश्वनाथ प्याकुरेलले तमाम पेशाकर्मीको जिम्मेवार महासंघका रुपमा स्थापित हुनुपर्छ भन्ने मान्यताका साथ महासंघ अगाडि बढिरहेको उल्लेख गर्दै साँचो अर्थमा नेता संगठनका रुपमा अगाडि बढिरहेको बताए ।

कार्यक्रममा महाधिवेशनमा अध्यक्ष मण्डलका अध्यक्ष गोकर्ण विष्ट, सदस्यहरु, प्रमोद शर्मा, केदारप्रसाद संजेल, कमला अमात्य, कुलबहादुर आचार्य, हेमनाथ पौडेल, प्रेमप्रसाद पराजुली, निर्वाचन समितिका संयोजक माधव पौडल, सदस्यहरु कुन्साङ लामा, सेवन्तराज निरौला, मेजर थापा, होमप्रसाद लुइँटेल, दिलकुमारी राई र प्रतिवेदन लेखा उपसमितिका शिवकुमार अधिकारीलाई सम्मान गरिएको थियो ।

त्यसैगरी आर्थिक व्यवस्थापन उपसमिति, प्रचार तथा प्रकाशन उपसमिति, अतिथि सत्कार तथा व्यवस्थापन उपसमिति, खाद्य व्यवसथपन उपसमिति, आवास तथा यातायात व्यवस्था उपसमिति, स्यंसेवक परिचालन उपसमिति, स्वास्थ्य उपसमिति, हल तथा मञ्च व्यवस्थापन उपसमिति, सांस्कृतिक उपसमिति, ¥याली व्यवस्थापन उपसमिति, सचिवालय व्यवस्थापन उपसमिति, अनुगमन उपसमिति, स्वयंसेवक, डकुमेन्ट छपाइ तथा डिजाइन, भिडियाग्राफी, भौतिक सामग्री, पिउनेपानी, स्कार्फ, यातायात, हल तथा खाजा, खाना, स्टेशनरी, निर्वाचन टोली, गायन टोली, नृत्य टोली, संगीत टोलीका संयोजक एवं सम्बन्धित उपसमितिमा रहेर काम गर्नेहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रम पेशागत महासंघका नवनिर्वाचित महासचिव विष्णु लामिछानेले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्