महानगरपालिकाका प्रमुखले डोजर चलाउदा पाँच घाइते


पोखरा, १ असार । पोखराको फिर्के खोलामा पैदलमार्ग निर्माणको उद्घाटन गर्ने क्रममा महानगर प्रमुखले डोजर चलाउँदा पाँचजना घाइते भएका छन्। महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्दा डोजर चलाएपछि डोजरले नजिकै रहेको रेलिङ हानेपछि फोटो खिचिरहेका पत्रकारसहित पाँचजना घाइते भएका हुन्। कार्यक्रममा पुगेका पत्रकारहरु गण्डक न्युजका रञ्जन अधिकारी र रेडियो अन्नपूर्णका सन्देश श्रेष्ठ, सोही ठाउँकी गौरी पौडेल लगायत अन्य पाँच जना रहेको घाइते पत्रकार अधिकारीले टेलिफोनमा जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्