महानगरपालिकाले प्रधानमन्त्री दैवी उद्धार प्रकोप कोषमा ४० लाख दियो


 

काठमाडौं, २७ चैत । काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री दैवी उद्धार प्रकोप कोषमा ४० लाख ३१ हजार ४ सय १३ रुपैँया हस्तान्तरण गरेको छ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले संयुक्तरुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा सो रकम हस्तान्तरण गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्