महानायक राजेशहमाल मेरो सुरक्षाको ब्राण्ड एम्बेसडर नियुक्त


मेरो सुरक्षाप्रालि र प्रिमियर इन्स्योरेन्सकाबिचमा मोबाइलबीमा सम्बन्धि सम्झौता भएको छ । मेरो सुरक्षाले दिँदै आएको मोबाइल प्रोटेक्सनप्लानमा सहभागिहुनेहरुको मोबाइलबीमा गराउने लक्ष्यका साथ एक कार्यक्रमकाबिच दुई संस्थाका प्रमुख कार्यकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवार र प्रिमियर इन्स्योरेन्सका प्रमुखकार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले मोबाइलबीमा सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानमा सहभागिहुने सेवाग्राहीले प्रयोग गर्ने मोबाइलको बीमाप्रिमियर इन्स्योरेन्समा हुनेछ । यस अघि मोबाइल प्रोटेक्सन प्लानका रुपमा मात्र सुरु भएको सेवा अब मोबाइल इन्स्योरेन्समा रुपान्तरण भएको हो ।

‘मेरो सुरक्षासँगको सहकार्यले मोबाइल प्रयोगकर्ताले सहज रुपमा आफ्नो मोबाइलको बीमा गराउन सक्ने विश्वास हामीले लिएका छौं ।’प्रिमियर इन्स्योरेन्सका प्रमुखकार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले भने ।
सोही कार्यक्रममा महानायक राजेश हमाल मेरो सुरक्षाको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । ब्राण्ड एम्बेसडर नियुक्त भएका हमालले मेरो सुरक्षा नेपालको सन्दर्भमा फरक किसिमको सेवाभएको भन्दै यसबाट आम मोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइलको सुरक्षागर्न सक्ने बताए । मोबाइल फुट्ने, हराउने वाचोरी हुने, जस्ता समस्या समाधानका लागि मेरो सुरक्षाको प्रोटेक्सनप्लानले दिने बीमा योजना उत्तम विकल्पहुने हमालको भनाई थियो ।

राजधानीका४ सय बढी मोबाइल आउटलेटबाट मोबाइलकिन्दा मेरो सुरक्षाको मोबाइलप्रोटेक्सन प्लानबाट बीमा योजनामा सहभागिहुन सकिने मेरो सुरक्षाले जनाएको छ । दशैं पछि राजधानी बाहिरबाट पनि मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानबाट बीमा योजना सुरु हुनेछ ।

मोबाइल प्रोटेक्सन प्लानलिनकालागि प्रत्येक वर्ष मोबाइलको खरिद मूल्यको ५ प्रतिशत रकमभुक्तानगर्नु पर्ने हुन्छ । यसका साथै सेवाग्राहीले मोबाइल किनेर मेरो सुरक्षाएप डाउनलोड गरी सिधै मोबाइलको बीमा गराउन सक्छन् । यसरी मोबाइलको बीमागर्दा लाग्ने शुल्कखल्ती, आई पेका साथै १५ वाणिज्य बैंककाअनलाइन बैंकिंगबाट भुक्तानगर्न सकिन्छ ।

मेरो सुरक्षाले दशैं, तिहारको अवसरमा मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुनेहरुलाई एक लाख रुपैंयाको निशुल््क दुर्घटना बीमा उपलब्ध गराउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्