महाभियोग प्रस्तावमाथि पर्सी छलफल हुने


७ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की्विरुद्धको महाभियोग प्रस्तावले आइतबार सदनमा प्रवेश पाएसँगै छलफल प्रक्रिया अघि बढ्ने भएको छ । सूत्रका अनुसार, पर्सी मंगलबार महाभियोग प्रस्तावमाथि छलफल हुनेछ ।

नेकपा (माओवादी केन्द्र)का महेन्द्रबहादुर शाहीसहित १ सय ५७ सांसदले दर्ता गराएको महाभियोगको प्रस्तावमाथि सदनमा मंगलबार छलफल हुने भएको हो । व्यवस्थापिका–संसद्को आइतबार बसेको बैठकमा सभामुख ओनसरी घर्तीले कार्की्विरुद्धको महाभियोगसम्बन्धी प्रस्तावमाथिको छलफलका लागि कात्तिक ९ गते अपराह्न ३ बजे तोकिएको जानकारी दिएकी थिइन् ।

नेपालको संविधानको धारा १०१ को उपधारा २ एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को १३८ को उपनियम नियम १ बमोजिम उक्त प्रस्ताव दर्ता गरिएको हो । प्रमुख कार्कीलाई पदीय आचरण विपरीत कार्य गरेको अभियोग लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्