महाभियोग प्रस्ताव फिर्ता नभए संसद् चल्न नदिनेमा एमाले दृढ


२१ वैशाख । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सत्तारुढ दलका सांसद्हरुले लगाएको महाभियोग प्रस्ताव फिर्ता नलिइए एमालेले व्यवस्थापिका–संसद् चल्न नदिने बताएका छन् । आज दिउँसो बस्ने संसद् बैठकलाई लक्षित गर्दै महासचिव पोखरेलले त्यस्तो बताएका हुन् ।

एमाले केन्द्रीय प्रचार विभागले बिहीबार एमाले केन्द्रीय कार्यालय, धुम्वाराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारले चाहेको जस्तो फैसला नभएको भन्ने आधारमा स्वतन्त्र न्यायालयमाथि एकाएक त्यस्तो प्रस्ताव ल्याइनु गलत भएको बताए । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का दुईसय ४९ सांसद्ले यही वैशाख १७ गते सो प्रस्ताव संसद्मा दर्ता गराएका थिए ।

महासचिव पोखरेलले निर्वाचन सम्बन्धमा स्थानीय आवश्यकता र जितको सुनिश्चितता एवम् मुद्दाका आधारमा स्थानीय निर्वाचनमा तालमेल गरिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्