महासंघमा चुनावी रौनकः मुरारका र राणाले गुटबन्धी गरेको प्रधाना समूहको आरोप


२३ चैत । नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान अध्यक्ष र आगामी अध्यक्षले आचारसंहिता विपरित आचरण गरेको आरोप वरिष्ठ उपाध्यक्ष किशोर प्रधान समुहले लगाएको छ । बुधबार पत्रकार सम्मेलन नै गरेर सो समूहले यस्तो आरोप लगाएको हो ।

‘महासंघको आसन्न ५१ औं महाधिवेशन तथा नयाँ नेतृत्व चयनका सन्र्दभमा महासंघका केही वर्तमान पदाधिकारीहरुले संस्थाको विधान तथा आचारसंहिता विपरित कार्य गरी महासंघको गरिमा र मर्यादा उपर गम्भीर आँच पु¥याई रहेकोबारे हाम्रो ध्यानाकर्षण भएको छ,’ वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधानले भने, ‘वर्तमान अध्यक्ष तथा हालका वरिष्ठ उपाध्यक्षहरुले महासंघको आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार शेखर गोल्छा र उहाँको समूहको पक्षमा आचारसंहिता विपरित प्रचार प्रसार गर्नुभएको छ ।’

आफ्नो पदको मर्यादा विपरित एक पक्षका उम्मेदवारहरुलाई सार्वजनिक रुपमा नै प्रभावित पार्ने प्रयास गरेको पनि प्रधानको आरोप छ । ‘केन्द्र तथा प्रदेशको निर्वाचन सम्बन्धमा विधानको कार्यविपरित गोल्छा समूहको हक हित हुने गरी विभिन्न संस्थागत निर्णयहरु एक पक्षीय ढंगबाट गरिएका जस्ता आचारसंहिता र संस्थाको विधान विपरित भएका कुराहरु प्रति हाम्रो गम्भिर ध्यान आकर्षण भएको छ । यस्ता प्रयासहरुप्रति हामी गम्भिर आपत्ति प्रकट गर्दछौं,’ प्रधानले भने, ‘महासंघको निर्वाचनलाई स्वच्छ र सरल बनाउने उद्धेश्य राखी गरिएको विधान संशोधनका प्रावधानहरुलाई महासंघको नेतृत्वमा आफ्नो कव्जा जमाउने र आफ्नो नियन्त्रणमा चल्ने व्यक्तिलाई पु¥र्याउने वदनियत पुर्ण प्रयासले महासंघको गरिमामा आँच पुग्ने र संस्था कमजोर हुने भएको हुनाले यस्ता दुस्प्रयासहरुलाई रोक्न तथा दुरुत्साहित गर्न महासंघका सम्पूर्ण सदस्यहरुले गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था देखिएको कुराप्रति हामी महासंघका सम्पूर्ण सदस्यज्यूहरु तथा अन्य सरोकारवालाहरुको ध्यान आर्कषित गर्न चाहन्छौं ।

डर, धाक, धम्की, लोभ लालचका जोडवलमा महासंघका सदस्यहरुको मत आफुतिर तान्न प्रयत्न भई रहेको पनि प्रधान समूहको आरोप छ । यता गोल्छा समूहको प्रचार गरेको आरोप लागेका वर्तमान अध्यक्ष पशुपति मुरारका र आगामी अध्यक्ष भवानी राणाले भने आरोपको खण्डन गरेका छन् । उनीहरुले प्रधान समूहले भने जस्तो गुटबन्धी नगरेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्