महिला पत्रकारलाई मनोवैज्ञानिक प्रशिक्षण


४ साउन । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)को ‘सन्डे क्लब’ अन्तर्गत म‌ङ्गलबार विभिन्न सञ्चारमाध्यममा कार्यरत महिला पत्रकारलाई ‘मेमोरी एन्ड माइन्ड म्यानेजमेन्ट’ प्रशिक्षण दिइएको छ ।

विश्वका विभिन्न मुलुकका विशिष्ट व्यक्तिलाई प्रशिक्षण दिइसक्नुभएका डा नवल पजियारले उक्त प्रशिक्षण दिँदै दैनिक आफ्नो कार्यक्षेत्र तथा समाचार सङ्कलनका बेला समेत प्रशिक्षण फलदायी हुने बताए ।

उनले भने – “दिमागलाई शान्त राख्न सके मात्र हामीले बाहिरको कुरालाई सम्झन सक्छौँ, त्यसैले पहिला दिमागलाई शान्त राख्नेबारे बुझ्नु जरुरी छ ।” डा पजियारले पेसागत क्षेत्रमा मात्र नभई पारिवारिक जीवनलाई सुखी बनाउन समेत उक्त प्रशिक्षण काम लाग्ने बताए ।

डब्लुडब्लुजेका अध्यक्ष शुभेच्छाविन्दु तुलाधरले स्मरण क्षमताको पहिचान र प्रयोग सञ्चारकर्मीका लागि अत्यन्त आवश्यक रहेको विचार व्यक्त गरिन । रासस

प्रतिक्रिया दिनुहोस्