महेश बस्नेत भन्छन्– ‘प्रचण्डको सुरुङयुद्धमा भारतले एम्बुस थापेको छ’


६ माघ । पूर्व उद्योगमन्त्री महेश बस्नेतले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको सम्वन्ध हँसिया जस्तो भएको आरोप लगाएका छन् । रुपन्देहीमा बिहीबार युवा संघका अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

‘यी दुई अतिवादी दलको मिलन टुप्पो र बीडको मिलन जस्तै हो,’ उनले भने, ‘देश विखण्डन गर्न यी दुई शक्तिको मिलन हुनु देशकै लागि दुर्भाग्य हो ।’

कार्यक्रममा सम्वोधन गर्दै युवा संघका पूर्व अध्यक्ष समेत रहेका बस्नेतले प्रधानमन्त्री प्रचण्डको  अदुरदर्शी सोँचका कारण देशमा थप समस्या उत्पन्न भएको आरोप पनि लगाए  । ‘भारतसँग सुरुङयुद्ध लड्ने  प्रचण्डको कथा अहिले भारतीय सुरुङमार्गको एम्बुसमा परेको छ,’  उनले भने भने ।

बस्नेतले दुर्गा तिवारीका हत्यारालार्इ चाडो समातेर कानुनी कठघरामा उभ्याउनुपर्ने भन्दै उनले तिवारीलाई सहिद घोषणा गर्न माग गरे । भेलालाई युवा संघका केन्द्रीय सचिव माधव बास्तोलालगायतले पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्