माओवादीबाट पनि तीन मन्त्रीको टुंगो, महराले अर्थको जिम्मेवारी पाए


२० साउन । राष्ट्रपति कार्यालय शीतल निवासमा आज प्रधानमन्त्री प्रचण्डसँगै माओवादीका तीन र कांग्रेसका पनि तीन मन्त्रीले पनि सपथ खाने निश्चित भएको छ ।

कांग्रेसका तर्फवाट तीन मन्त्रीमा विमलेन्द्र निधी, अर्जुननरसिंह केसी र रमेश लेखक छन् । कांग्रेसबाट नेतृत्व गरेर गएका नीधिले गृह मन्त्रालयको जिम्मेवारी पाउने निश्चित भएको छ ।

त्यसैगरीमा माओवादीका तर्फबाट कृष्णबहादुर महरासँगै गौरीशंकर थारु र दलजित श्रीपाइली मन्त्री हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

थारुले कृषि र श्रीमाइलीले युवा तथा खेलुकद मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । आठ मध्य अरु पाँच मन्त्रालयको भने माओवादीले टुंगो लगाएको छैन । यता कांग्रेसले पनि १३ मध्ये १० जनाको टुंगो लगाउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्