माओवादीले छाडेका मन्त्रालयको जिम्वेवारीमा अरु मन्त्री, भीम रावललाई गृह


२९ असार । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको अगुवाईमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा संयुक्तले संसद्मा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको चार घण्टा पनि वित्न नपाउदैँ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका केही मन्त्रीलाई थप जिम्मेवारी दिएका छन् । माओवादीले छाडेका मन्त्रालयमा प्रधानमन्त्रीले केही मन्त्रीहरुलाई थप जिम्मेवारी दिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश आचार्यले पहिलो न्युजलाई जानकारी दिए ।

‘माओवादीले छाडेका मन्त्रालयमा प्रधानमन्त्रीले सरकारमै रहेका केही मन्त्रीलाई थप जिम्मेवारी दिनुभएको हो,’ आचार्यले भने ।

जिम्मेवारी थप गरिएका मन्त्री र मन्त्रालय यस्त छन्
केपी।शर्मा ओली प्रधानमन्त्री–सामान्य प्रशासन
बिजय कुमार गच्छादार– उपप्रधानमन्त्री बन तथा भुसंरक्षण
भिमबहादुर रावल –उपप्रधानमन्त्री गृह
बिष्णु प्रसाद पौडेल– मन्त्री उर्जा
दिपक बोहोरा– मन्त्री आपूर्ती
अग्नि प्रसाद खरेल– मन्त्री शिक्षा
रामकुमार सुब्बा –मन्त्री सिंचाई
शान्ता मानवी– मन्त्री कृषि

माओवादी मन्त्रीहरुको उपप्रधान तथा उर्जा मन्त्रि टोपबहादुर रायमाझीले बुधवारै सामुहिक राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्