माओवादीले पूरा गर्ने पर्ने पाँच ऐतिहासिक कार्यभार बादलले सार्वजनिक गरे


८ असोज । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ले माओवादीको नेतृत्वको सरकारको पाँचवटा ऐतिहासिक कार्यभार रहेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) रसुवाको पाँचौँ जिल्ला सम्मेलनलाई धुन्चेमा सम्बोधन गर्दै नेता थापाले वर्तमान सरकारको ती पाँच वटा अभिभारामध्ये शान्ति प्रक्रिया पूर्ण स्थापित गराउने, भूकम्प पछिको पुनःनिर्माण कार्यलाई द्रुत रुपमा अगाडि बढाउने, संविधानको कार्यान्वयन गराई केही समस्याको हल गर्न संविधान संशोधनको विधेयक तयार पार्ने, देशमा औद्योगिक केन्द्र खोली देश विकासको कार्य द्रुत रुपमा अगाडि बढाउने र अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्दै थप प्रगाढ सम्बन्ध कायम गर्ने रहेको चर्चा गरे ।
भूकम्पपीडित ग्रामीणवासीका लागि पुनःनिर्माणमा सहज पार्न आवास निर्माणको रकममा वृद्धि गरिसकेको बताउँदै उनले माओवादी केन्द्र सदैव जनहितकारी कार्यमा अगाडि बढ्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्