अपारदर्शी निर्णय भयो: नारायणकाजी श्रेष्ठ


२८ असार । नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने आश्वासन दिएपछि नौ महिना पुरानो गठबन्धन तोडिएको हो ।

माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफूले पनि त्यही सुनेको बताए । ‘तपाईं जस्तो बरिष्ठ नेताले त्यसो भन्न मिल्ला र ?’ भन्ने प्रश्नमा उनले भने– ‘पारदर्शी र संस्थागत रुपमा काम गरेको भए पो थाहा हुन्थ्यो त !’
‘के अब कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री दिने सहमति भएको हो ?’ भन्ने प्रश्नमा श्रेष्ठले भन्नुभयो– ‘बनाइदिन्छौं भनेको छ रे । अध्यक्षले त्यही भन्नुभयो । मैले तत्कालै केन्द्रीय कार्यालयको बैठक बोलाऔ भनेको छु ।’
अब के गर्ने भन्ने बारेमा संवैधानिक तथा कानुनी जटिलता छ । नया सरकार गठनका लागि संविधानले प्रस्ट नबोलेकाले जटिलता हुने कानुनविदहरुले बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्