माओवादीसँग भद्र सहमति भएकै छैनः नेता पोख्रेल


२६ असार । नेकपा (एमाले)का नेता शङ्कर पोख्रेलले माओवादीसँग नौबुँदेबाहेक अन्य कुनै भद्र सहमति नभएको स्पष्ट पारेका छन् ।

रिपार्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पोख्रेलले छिमेकीसँगको सम्बन्ध सुधार, राष्ट्रिय हितको संरक्षण तथा देशको समृद्धिका लागि वर्तमान सरकार अघि बढिरहेका बेला सरकारको विकल्प खोज्नु उपयुक्त नभएको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले कांग्रेस र एमाले सँगै सरकारमा बस्न नसक्ने उल्लेख गर्दै अहिलेको अवस्थामा सहमतीय सरकारको सम्भावना नरहेको बताए । कांग्रेस प्रतिपक्षमा रहेपनि संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणका विषयमा सरकारसँगै रहेको स्पष्ट पारे ।

नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले संविधान कार्यान्वयनसहित मुलुकको समस्या समाधान गर्न सहमतीय सरकार अपरिहार्य रहेकाले सहमतीय सरकार निर्माणको प्रक्रियालाई तीब्रता दिनुपर्ने तर्क गरे ।

सद्भावना पार्टीका महासचिव मनिष सुमनले राष्ट्रिय सहमतिको सरकारलाई मधेसी मोर्चाले समर्थन गर्नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्