माओवादी कम्युनिष्ट हो भने म कम्युनिष्ट हुन सक्दिनः केपी शर्मा ओली


२८ पुस । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलेले  माओवादी कम्युनिष्ट भए आफू कम्युनिष्ट हुन नसक्ने दाबी गरेका छन् । एमाले नेता एवं साहित्यकार प्रदीप नेपालले लेखेको उपन्यास ‘आमाको मन’ लोकापर्ण गर्दै यस्तो दाबी गरेका हुन् । ‘मैले धेरै वर्ष अघि भनेको थिएँ, माओवादी कम्युनिष्ट हो भने म कम्युनिष्ट होइन,’ उनले भने, ‘आज फेरि भन्छु, माओवादी कम्युनिष्ट हो भने म कम्युनिष्ट हुन सक्दिन ।’

उनले कम्युनिष्ट असल चरित्रको हुन पर्ने पनि दाबी गरे । कांग्रेस–माओवादीप्रति लक्षित गर्दै ओलीले भने– ‘सबै क्षेत्रमा ठीक–बेठिक चरित्रका व्यक्तिहरु हुन्छनन् । राजनीतिमा पनि छन् । त्यही भएर अहिले लम्पसारवादीहरु पनि देखा परेका छन् ।

उनले एमाले लम्पसारवादको विरुद्धमा रहेको उनको भनाइ थियो । उनले अहिले पनि राजतन्त्र ठीक भन्नेहरु नेपालमा रहेको भन्दै नेपालमा राजतन्त्र कुनै हालतमा संभव नभएको दाबी गरे ।

नेपालको ६४ औँ जन्मदिनको अवसर पारेर प्रकाशन गरेको सो पुस्तक लोकापर्णको व्यवस्थापन अनेरास्ववियुले गरेको थियो ।ann2ann1ann3

प्रतिक्रिया दिनुहोस्