माओवादी किल्ला थवाङमा पहिलो पटक एमालेको संगठन विस्तार


२२ भदौ । माओवादीको किल्ला मानिने रोल्पा जिल्लाको थवाङ गाविसमा पहिलो पटक नेकपा (एमाले) को संगठन विस्तार भएको छ ।

थबाङ– ५ का मल्टे बुढामगरको अध्यक्षता तथा नेकपा (एमाले) रोल्पा क्षेत्र नम्बर एकका अध्यक्ष हितबहादुर रोकामगरको प्रमुख आतिथ्तामा सम्पन्न भेलाले कुमार बुढामगरको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

वडा कमिटीको उपाध्यक्षमा मस्ते बुढामगर, सचिवमा दिलकु नेपाली, उपसचिवमा विकास घर्तीमगर र सदस्यहरुमा धनबहादुर नेपाली, विचेक मगरढामगर, मेसराज बुढामगर, मनसरी नेपाली, जमानसरी रोका, रुपक रोकामगर, अमर रोकामगर, विजय नेपाली, मल्टे बुढामगर, मया रोका, सर्मी नेपाली, दत्य रोकामगर, कुसन्ती रोकामगर, पुनमाया घर्तीमगर, विजय रोकामगर, कलसरी घर्तीमगर र बिर्समान रोकामगर छन् ।

मस्ते रोकाको स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन दिलकु रोकामगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्