माओवादी सांसद्कै अगुवाईमा बझाङमा एमालेमाथि आक्रमण, हतियारसँग नडराउने महरको चेतावनी


१५ असार । बझाङको छबिस पाथिभरा गाउँपालिकामा बुधबार शान्तिपूर्ण रुपले मतदान भए पनि बिहीबार बिहानैदेखि सो गाउँपालिका अशान्त बनेको छ ।

माओवादी केन्द्रका सांसद् जनक बुढाकै नेतृत्वमा एमाले नेता–कार्यकर्तामाथि घरेलु हतियारसहित आक्रमण भएपछि बझाङको  छबिस पाथिभरा गाउँपालिका केन्द्र अशान्त बनेको हो । गाउँपालिकाका अध्यक्ष उम्मेदवार लोकेन्द्र धामी (निर्मल) कै अगुवाईमा हातहतिरयारसहित आक्रमण भएपछि अहिले माओवादीका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राती मतदान सकिएपछि गाउँमै मदिरा सेवन गरेर बसेका माओवादी कार्यकर्तासँग एमालेका कार्यकर्ताको सामान्य भनाभनभएको थियो ।

त्यसैलाई इस्यु बनाएर मध्यरातमै माओवादीको एक टोली घरेलु हतियारसहित आक्रमणमा उत्रिएको थियो । तर, प्रहरीको सावधानीका कारण राती गम्भीर घटना हुनबाट जोगिएको थियो । ‘बिहान हाम्रा साथीहरु गाउँमै हिडिरहेका बेला सांसद जनक बुढाकै निर्देशन घरेलु हतियार र बन्दुक  बोकेका  केही जस्थाले आक्रमण गरेका हुन्,’ गृहजिल्ला बझाङमै रहेका अनेरास्ववियुका महासचिव ऐन महरले पहिलो न्युजसँग भने, ‘बझाङमा एमालेको प्रभाव देखेर हार्ने निश्चित भएपछि उनीहरु आक्रमणमा उत्रिएका हुन् ।’

उनले हातहतियार र बन्दुक देखाएर एमाले नडराउने चेतावनी दिए । ‘लुकेर आक्रमण गर्ने जस्थालाई म चेतावनी दिन्छु,’ उनले भने, ‘बन्दुक र हतियारसँग हामी डराउँदैनौँ ।’ उनले आक्रमणमा परी अनेरास्ववियु सम्पर्क विभाग सचिव सागर भट्टसहित सुभास भट्ट र सिद्धराज थापा गम्भीर घाइतेभएको जानकारी दिए ।

अहिले उनीहरुको जिल्ला अस्पताल बझाङमा उपचार भैरहेको छ । आक्रमणकारी ६ जनालाई प्रहरीले पक्राउ गरे पनि बन्दुकसहित आएका अन्य तीन जनालाई पक्राउ गर्न नसकेको पनि महरले जानकारी दिए । तीन जना अहिले पनि फरार छन् ।

बिहीबार मतगणना सुरु हुने बेला यस्तो घटना भएपछि अहिले पनि त्यहाँको वातावरण अशान्त छ । १० गाउँपालिका र २ नगरपालिका रहेको बझाङका अधिकांश स्थानमा एमालेले जित्ने दाबी गरेको छ ।7g

प्रतिक्रिया दिनुहोस्