कालीमाटी वृत्तका सबै प्रहरी क्वारेन्टाइनमा,संक्रमित दुई सशस्त्रको कोभिड–१९ विशेष अस्पतालमा


काठमाडौं,७ जेठ । महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत सबै प्रहरी कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ । त्यहाँ कार्यरत दुई जना प्रहरी अधिकृतमा कोरोना संक्रमण देखिएपछि कम्तिमा डेढ सय प्रहरी अधिकृतलाई क्वारेन्टाइनमा राखिएको हो ।

महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालिमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र स्यूचाटारका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो ।
संक्रमित सुरक्षाकर्मीलाई बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड–१९ विशेष अस्पतालमा राखिएको छ । मंगलबार साँझ उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्