माथिल्लो तामाकोशीमा अनियमितताको दाबीसहित अख्तियारमा उजुरी


काठमाडौ, २२ जेठ । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा भएको अनियमितता छानविन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
दोलखामा न्यायोचित सेयर वितरणको माग गर्दै आइरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजना सरोकार समितिका तर्फबाट बर्मा लामा र बद्री कुमार चौलागाईले अनिमियतता भएको दावी गर्दै मंगलबार उजुरी दर्ता गराएका हुन । उजुरीकर्ताले ३५ अर्बमा सम्पन्न हुने स्वदेशी लगानीको आयोजनाको लागत अनियमितता गर्दै बढाएर ६० अर्ब पुर्याएको, न्यायोचित सेयर वितरण प्रक्रिया नबढाइएको, सामाजिक उत्तरदायित्व अन्तर्गतको बजेट दुरुपयोग गरेको लगयातको दावी गर्दै छानमिन मार्फत दोषिलाई कडा कारबाही गर्न माग गरेका छन ।
लामाले १९ हजार ३ सय ४७ नम्बरमा उजुरी दर्ता भएको जानकारी दिदै तत्काल छानविन गरि दोषिलाई कडा कारबाही गर्न माग गरे । उता आयोजनास्थल रहेको विगु गाउँपालिकामा स्थानीय जनप्रतिनिधिकै प्रत्यक्ष संलग्नतामा सामाजिक उत्तरदायित्वको बजेट मनोमानी ढंगले सडक विस्तारका नाममा स्थानीयबासीको उठिवास लगाइएको भन्दै ठुलो आन्दोलनको तयारी भएको छ । बजेट सबै वडाहरुमा समानुपातिक वितरण नगरिएको र एउटै मात्र काममा खर्च गरिएको आरोप लागेको छ । स्मरणीय छ, उक्त गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै ठेक्कापट्टा लगायतका व्यवसायमा संलग्न छन भन्ने आरोप लाग्दै आएको छ ।

ujuri ujuri1 ujuri2

प्रतिक्रिया दिनुहोस्