माथिल्लो तामाकोसी आयोजना समयमानै सम्पन्न गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन


दोलखा । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण कार्य समयमानै सम्पन्न गर्न सम्वन्धित अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
स्वदेशी पूँजीमा निर्माण भईरहकोे ४ सय ५६ मेगावटको माथिल्लो तामाकोसी आयोजनाको स्थलगत निरिक्षणगर्दै उनले कुनैपनि वहानामा आयोजनामा ढिलासुस्ती हुन नहुन भन्दै , काम समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन् । दोलखाको विगु गाउँपालिकाको लामावगरस्थित गोंगरमा रहेको आयोजनाको भूमीगत विद्युत गृह लगाएका निर्माणाधिन संरचनाको आज स्थलगत अवलोकनपछि प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले आयोजना निर्माणका क्रममा देखिएका समस्या र जटिलता हटाउन सरकार प्रतिवद्ध रहेको भन्दै झिनामसिना कुरामा नअल्झी आयोजना समयमै सम्पन्न गर्नुपर्ने वताए । आयोजनामा भएको ढिलाईप्रति असन्तुष्टी जनाउँदै उनले राष्ट्रिय गौरवको आयोजनामा ढिलासुस्ती र आलटालको कामप्रति कुनै पनि हालतमा माफी नहुने स्पष्ट पारेका छन्। प्रधानमन्त्री ओलीले आयोजनामा वनिरहेका सम्पुर्ण संरचनाको अवलोकन समेत गरेका छन् । प्रधानमन्त्रीसगै निरीक्षणमा आएका जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोसी आयोजनाको निरिक्षण गर्दै राष्ट्रिय महत्वको अयोजना भएकाले जसरी पनि चाँडै सक्नुपर्ने बताएका छन् । उर्जामन्त्री पुनले राष्ट्रिय स्तरमा देखिएका समस्या सरकारले प्राथमिकताका साथ समाधान गर्ने तर कुनै किसिमको ढिलासुस्ती मान्य नहुने धारणा समेत राखेका छन् । आयोजनाको हालसम्म ९४ दशमलव ४५ प्रतिशत काम सम्पन्न भएको छ । प्रधानमन्त्री समक्ष प्रगति र खर्च विवरण प्रस्तुत गर्दै आयोजना प्रमुख विज्ञान श्रेष्ठले हालसम्म ९४ दशमलव ४५ प्रतिशत काम सम्पन्न भएको र ३७ अर्व ७१ करोड खर्च भएको जानकारी दिनुभएको हो । प्रधानमन्त्री र उर्जामन्त्रीको साथमा चिनिया राजदुत यु होङ, उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगाएतका अधिकारीहरु सहभागि थिए । प्रधानमन्त्री ओली सहितको टोली आज बिहान करिव सभा १० बजे दोलखाको लामावगरस्थित आयोजना स्थलमा आईपुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्