माधव नेपालको प्रस्तावः कांग्रेस र मधेसीसहितको सरकार


१३ असार । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रमुख विपक्षी नेपाली कांग्रेस र मधेसी मोर्चासहितको राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गरेका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठान र युवा संघ नेपालले सोमबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको सम्झनामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपालले त्यस्तो बताएका हुन् ।

‘संविधान कार्यान्वयन गर्नुपर्ने बेला कांग्रेसको संसद् अवरोधले राम्रो सन्देश दिएको छैन, भुकम्पपीडितको आवास पुनर्निर्माण, कानुन पारित गर्नेदेखि स्थानीय चुनावसम्मको तयारी रोकिएको छ’, पूर्वप्रधानमन्त्री नेपालले भने, ‘म आग्रह गर्छु, सबै बेथिति अन्त्यका लागि कांग्रेस र मधेसवादी दलसहितको राष्ट्रिय सहमतिको सरकार बनाऔं ।’

‘संविधान कार्यान्वयन गर्नुपर्ने बेला कांग्रेसको संसद् अवरोधले राम्रो सन्देश दिएको छैन, भुकम्पपीडितको आवास पुनर्निर्माण, कानुन पारित गर्नेदेखि स्थानीय चुनावसम्मको तयारी रोकिएको छ । ‘म आग्रह गर्छु, सबै बेथिति अन्त्यका लागि कांग्रेस र मधेसवादी दलसहितको राष्ट्रिय सहमतिको सरकार बनाऔं ।’

२० महिने एजेन्डामा सहमति खोजौं

पूर्वप्रधानमन्त्री नेपालले अबको राष्ट्रिय सहमतिको सरकारमा को प्रधानमन्त्री बन्ने विषयलाई ठूलो नबनाई पहिले बाँकी २० महिने अवधिमा गर्नुपर्ने कामका बारेमा सहमति खोज्न सबै दललाई आग्रह गरे । ‘त्यो सरकारले बाँकी २० महिने अवधिमा एक, दुई, तीन. गर्नुपर्ने काममा पहिले सहमति गरौं’, नेपालले भने, ‘प्रधानमन्त्री जो पनि बन्न सक्छ, त्यसलाई होइन, गर्नुपर्ने कामलाई केन्द्रबिन्दूमा राखेर सहमति खोजौं ।’

षड्यन्त्र परास्त गर्न पार्टी विधिसम्मत चलाऔं

कार्यक्रममा नेपालले नेपालको कम्युनिष्ट आन्दोलन समाप्त पार्न ठूलै षड्यन्त्र भइरहेको भन्दै पार्टीभित्र बलियो एकताको आवश्यकता औंल्याए । ‘नेपालको कम्युनिष्ट आन्दोलनविरुद्ध धेरै ठूलो षड्यन्त्र छ, कसरी सिध्याउने भनेर तानावाना बुनिदैंछ’, एकताको आवश्यकता औंल्याउ“दै नेपालले भने, ‘यस्तो बेला वलियो एकता आवश्यकता रहेकाले कसैलाई काखा–पाखा नगरी पार्टीलाई विधिसम्मत ढंगले चलाउनुपर्छ, भित्रभित्रै गुटलाई प्रश्रय दिने कुरा बन्द गर्नुपर्छ ।’

तुलसीलालको बाटोमा प्रचण्ड

नेकपा माओवादी केन्द्रप्रति लक्षित गर्दै नेपालले कम्युनिष्ट पार्टीभित्र कमिटी ‘जम्बो’ कमिटी बनाउने कुरा समाप्तिको लक्षण भएको बताए । ‘प्रचण्डजीस“ग मेरो आइतबार सम्पर्क भएको थियो, कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने जिम्मा एमालेकै हो भन्ने कुरा उहा“ले पनि स्वीकार्नु हुन्छ । उहाँहरुले १५ सयसम्मको जम्बो कमिटी बनाउनुभएछ, त्यो कदापि राम्रो लक्षण होइन, अझै असन्तुष्टि छ भन्ने पनि सुनिन्छि’, नेपालले भने, ‘कुनैबेला तुल्सीलाल अमात्यजीले पनि १५ सय सम्मकै कमिटी बनाउनुभएको थियो ।’ नौ करोड पार्टी सदस्य भएको चीनमा २ सय जनाको केन्द्रीय कमिटी हुने तर नेपालमा कम्युनिष्ट पार्टीहरुले जम्बो कमिटी बनाउने कुरा कम्युनिष्ट आन्दोलनका लागि राम्रो लक्षण नभएको दृष्टान्तसमेत प्रस्तुत गरे ।

उहाँहरुले १५ सयसम्मको जम्बो कमिटी बनाउनुभएछ, त्यो कदापि राम्रो लक्षण होइन, अझै असन्तुष्टि छ भन्ने पनि सुनिन्छि’, नेपालले भने, ‘कुनैबेला तुल्सीलाल अमात्यजीले पनि १५ सय सम्मकै कमिटी बनाउनुभएको थियो ।’

डेढसय कम्युनिष्ट पार्टीको भेला प्रस्ताव गर्छु

नेता नेपालले कम्युनिष्ट नेतृत्वको सरकार कायमै रहेको बेला डेढसय कम्युनिष्ट पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा आयोजना गर्न आफूले प्रस्ताव गर्न लागेको जानकारी दिए । भियतनाममा आयोजना हुने कम्युनिष्ट पार्टीहरुको अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन मंगलबार त्यसतर्फ जान लागेका नेपालले भने, ‘म त्यहा“ सबै देशका गरी डेढ सय कम्युनिष्ट पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा आयोजना गर्न प्रस्ताव गर्ने तयारीमा छु । किनकि, नेपाल अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई पाठ सिकाउन सक्ने मुलुक हो ।’

पुष्पलालप्रति कांग्रेस अझैं संकीर्ण

नेता नेपालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले अघि सारेको विचार ग्रहण नगरेसम्म प्रजातान्त्रिक आन्दोलन सफल नभए पनि उनीप्रति कांग्रेसले अझै संकीर्णता देखाएर आफ्नो चरित्र उजागर गरिरहेको दृष्टान्तसमेत प्रस्तुत गरे । ‘पुष्पलाको विचार ग्रहण नगरेसम्म प्रजातान्त्रिक आन्दोलन गोलचक्करबाट माथि उठ्नै सकेन भन्ने तथ्यलाई कांग्रेसले अझै स्वीकार नगरेर संकीर्णता देखाइरहेको छ, तर कम्युनिष्टहरुमा त्यस्तो संस्कार कहिल्यै देखिएन’, नेपालले भने, ‘बरु हामी विपीका विद्धताबारे चर्चा गर्छौं तर कांग्रेसले पुष्पलालको विद्वताको कहिल्यै प्रशंसा गर्न जानेन ।’

प्रतिक्रिया दिनुहोस्