माधव नेपाललाई विराटनगरमा भव्य स्वागत, विमानस्थलदेखि पार्टी कार्यालयसम्म स्कटिङ


३० भदौ । मोरङ जिल्लाको विराटनगर सञ्चारकर्मीका लागि समाचार बनाउन निकै उर्वर क्षेत्र मानिन्छ । कुनै समय नेपाली कांग्रेसका तत्कालीन सभापति र पटक–पटक देशको प्रधानमन्त्री बनेका स्वर्गीय गिरिजाप्रसाद कोइराला पनि नयाँ समाचार दिनु पर्ने भयो भने विराटनगर नै पुग्थे ।44

त्यहाँका सञ्चारकर्मीसँग केहीबेर कुराकानी गरेपछि नयाँ समाचार दिन्थे । ती समाचारले राष्ट्रिय रुपमै तरङ्ग ल्याउँथे । त्यसैले होला अहिले पनि कांग्रेसका मात्र होइन एमाले, माओवादी र अन्य दलका नेताहरु समेत सकेसम्म विराटनगरका सञ्चारकर्मीलाई केही नयाँ समाचार दिन आतुर हुन्छन् । त्यति मात्र होइन, त्यहाँका कार्यकर्ताले गर्ने स्वागतले पनि नेताहरुलाई थप आकर्षित गर्ने गर्छ ।mh

नेकपा एमालेका वरिष्ठ नेता माधबकुमार नेपाल पनि बुधबार त्यहाँका कार्यकर्ताको स्वागतबाट निकै आकर्षित भएका छन् । अरु बेला पनि नेपाललाई स्वागत गर्न नेता–कार्यकर्ताहरु विमानस्थलसम्म नै पुग्ने गर्थे ।

तर, बुधबारको स्वागत भने अरु बेलाको भन्दा निकै भव्य थियो । वरिष्ठ नेता नेपाल बुधबार २ बजे बुद्ध एयरबाट विराटनगर विमानस्थल के उत्रिएका मात्र थिएँ, त्यहाँ करिब ६ सयजति मोटरसाइकल र गाडीहरुका ताँती थिए । केही बेर त उनी अलमलमा परे । तर, जब नेपाल विमानस्थलबाट बाहिर निस्किए ।14316840_1173089382749714_5501470664097902318_n

त्यसपछि विमानस्थलबाट करिब दुई किलोमिटरको दूरीमा रहेको नेकपा (एमाले) मोरङको पार्टी कार्यालयसम्म सयौँ युवाले ‘स्कटिङ’सहित ल्याए । युवा किसान संघ मोरङले आयोजना गरेको पार्टी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम’मा प्रमुख अतिथिका रुपमा सहभागी हुन विराटनगर गएका नेपाल पार्टी कार्यालय पुगेपछि पनि चकित भए । सयौँ युवाहरु एमालेमा प्रवेश गर्नेको लाइन देखेर नेपाल केही बेर फेरि अलमलमा परेका थिए ।

‘एमालेमा युवाहरुको प्रवेशको लहर देखेर उहाँ दंग पर्नुभयो,’ अनेरास्ववियुका सचिव समेत रहेका विराटनगरका युवा नेता ओसिम आलमले भने ‘एमालेप्रति युवाको आकर्षणले अहिले मोरङमा नयाँ तरङ्ग आएको छ ।’999

दुई बजे विराटनगर पुगेका नेपाल दिनभरि  नै कार्यक्रममा व्यस्त बनेका थिए । युवा किसान संघका अध्यक्ष प्रेमराजा भारतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा करिब तीन सय युवाले पार्टी प्रवेश गरेको मोरङ एमालेका अध्यक्ष महेश रेग्मीले जानकारी दिए ।

नेपाल विभिन्न कार्यक्रममा सहभागी भई बिहीबार राजधानी फर्किएका छन् । केहीले भने नेपाललाई गरेको त्यो स्वागतलाई चार महिनापछि हुन लागेको मोरङ पार्टीको जिल्ला सम्मेलनका लागि शक्ति प्रदर्शन समेत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्