माधव नेपालले यशुलाई भने– तन्दुरुस्त भएपछि राजनीतिमा फर्किनू


२३ भदौ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पच्चीस दिनआघि काभ्रेपलान्चोकको मादनकुँडारीमा बस दुर्घटनामा परी घाइते भई उपचाररत बिरामीलाई भेटेका छन् ।

नेता नेपालले बस दुर्घटनामा परी घाइते भएकी अनेरास्ववियुकी सचिवालय सदस्य यशु लामासहित करिब एक दर्जन बिरामी उपचाररत ट्रमा सेन्टरमा बिहीबार दिउँसो पुगेको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले जानकारी दिए ।

नेता नेपालले सबै घाइतेलाई भेटी स्वास्थ्य अवस्था बुझेका थिए । नेपालले लामालाई तन्दुरुस्त भएपछि मात्र राजनीतिमा फर्किन सुझाव दिएका थिए । ‘स्वास्थ्यको राम्रो ख्याल गर्नू, तन्दुरुस्त भएपछि राजनीतिमा आउनू,’ नेपालले सचिवालय सदस्य लामालाई सान्त्वना दिँदै भने । नेपाल करिब २० मिनेट ट्रमा सेन्टरमा बसेका थिए ।

एमालेकी वैकल्पिक केन्द्रीय सदस्य रचना खड्काले पनि लामाको स्वास्थ्यमा क्रमिक सुधार आएको भन्दै उनी छिट्टै राजनीतिमा फर्किने जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्