माधव नेपाल इन्डोनेसिया प्रस्थान


१७ असोज । नेकपा (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल इन्डोनेसियामा हुने ‘जुँछे विचारधारा’ सम्बन्धी विचार गोष्ठीमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।

कोरियन वकर्स पार्टीको निमन्त्रणामा सो कार्यक्रममा गएका नेता नेपालले नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट कार्यक्रममा सम्बोधन गर्नेछन् । एमाले विदेश विभाग प्रमुखसमेत रहेका नेता नेपाल आउँदो २२ असोजमा स्वदेश फर्किने कार्यक्रम रहेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।  सोभियत युनियनसँगको विवादका क्रममा सन् १९५० मा उत्तर कोरियामा ‘आत्मविश्वास’ को अवधारणाका साथ सो विधारधाराको जन्म भएको थियो ।

प्रतिक्रिया दिनुहोस्