माल्दिभ्ससँग ३-० ले पराजित नेपाल सेमिफाइनलबाट बाहिरियो


ढाका, २७ भदौ। बंगलादेशमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलबाट नेपाल बाहिरिएको छ । बुधवार भएको
खेलमा माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको हो ।

नवौं मिनेटमा अक्रम अब्दुल घानीले गरेको फ्रीकिकबाट माल्दिभ्सले अग्रता लिएको थियो ।त्यसपछि ८४ औं र ८६ औं मिनेटमा इब्राहिम हसन वाहिदले लगातार गोल गरेपछि नेपालको फाइनल पुग्ने मौका गुमेको हो । माल्दिभ्सलाई हराएको भए नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्ने थियो ।

प्रतिक्रिया दिनुहोस्