मुख्यमन्त्री पोखरेलको दुई महिने तितो अनुभवः सिंहदरबारबाटै संघीयता असफल बनाउन खोजियो, सामनाको विकल्प छैन

काठमाडौं, ११ वैशाख । प्रदेश नम्बर ५ का मुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेल चर्चित राजनीतिक विश्लेषकसमेत हुन् । एमालेभित्र वैचारिक नेताको परिचय बनाएका पोखरेल अर्थ राजनीतिमासमेत गहिरो दख्खल राख्छन् ।
दुई महिनादेखि मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिरहेका पोखरेलले हालै आयोजित एक कार्यक्रममा केन्द्रीकृत मानसिकताबाट मुक्त हुन नसकेका सिंहदरबारभित्रका उच्च तहका कर्मचारीहरुले संघीयता असफल बनाउन खोजिरहेको तितो अनुभव पोखे । राजनीतिक नेतृत्वले कर्मचारिहरुको मानसिकता परिवर्तन गर्न नसकेको अनुभव सुनाउँदै पोखरेलले भने,‘हामी केन्द्रीकृत राज्यबाट विकास भएन भन्ने अनुभवका आधारमा संघीयतामा गयौँ, त्यसैले कामै नगरी संघीयता असफल भयो भन्नेतिर होइन, अहिलेको चुनौति सामना गर्दै संघीयता सफल पार्न लाग्नुपर्छ, संघीयताको विकल्प केन्द्रीकृत राज्य हुनसक्दैन ।’’ पोखरेलको अनुभवको सार संक्षेप उनकै शब्दमा
अनुभवी कर्मचारी खटिएनन्, राज्यको लगानी खेर गयो
अहिले हामी महत्वपूर्ण चुनौति र सम्भावनाको बीचमा छौं । आशा र अपेक्षासँगै असाधरण सम्भावनाकाबीचमा सरकारको नेतृत्व सम्हालिरहेका छौं । संविधानले प्रदेश र स्थानीय तहमा अधिकार विकेन्द्रीत गरिसकेको छ । तर, राजनीतिक रुपमा उत्प्रेरित गर्न नसकिएका कारण कर्मचारीहरुले काठमाडौं र सिंहदरबार छाड्न मानिरहेका छैनन् । संघीयता कार्यान्वयनका नाममा यसबीचमा धेरै कर्मचारीहरु राज्यको लगानीमा थुप्रै देश घुमे । गोष्ठि र सेमिनारहरुमा भाग लिएर फर्किए । तर, त्यसरी तालिम लिएका कर्मचारी कोही पनि संघीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा खटिएका छैनन् । तिनीहरुका लागि राज्यको लगानी खेर गएको छ । कमसेकम त्यस्ता कर्मचारी खटिए चमात्कार हुन्थ्यो कि, निरीह कर्मचारीलाई चाँही धम्क्याइएको छ । यस्तो अबस्थामा संघीय संरचना स्थापित गर्न धेरै कठिन चुनौति छ ।
स्थानीय तहलाई असक्षम प्रमाणित गर्न खोजियो
जिल्ला शिक्षा कार्यालयका सबै अधिकार स्थानीय तहलाई हस्तान्तरण भयो । तर धेरै पछि मात्र अधिकार प्रयोगका लागि निर्देशन गरिएका कारण ७० प्रतिशत स्थानीय तहहरुले आधारभूत तहको परीक्षा संचालन गर्न नसक्ने स्थिति भएपछि फेरि तत्कालका लागि अधिकार हस्तान्तरण फिर्ता गर्नुपर्ने स्थिति आयो । यसरी स्थानीय तहहरु असक्षम छन् भन्ने प्रमाणित गर्न खोजियो । हामी एकात्मक राज्यसत्ताका कारण विकास सम्भव भएन भन्ने अनुभव र निष्कर्षका आधारमा संघीयतामा आएका हौं । संघीयतामा आइसकेपछि फेरि एकात्मक राज्यमा फर्किने कुनै सम्भावना छैन । त्यसैले संघीयता सफल पार्नुको अर्को कुनै विकल्प छैन । हामीले एउटा केन्द्रीकृत शासन प्रणालीलाई अस्वीकार गरेर अर्को संघीय व्यवस्थामा गइसकेपछि त्यसलाई स्वीकार्न आनकानी गर्दा समृद्धि र जनताको विकासको आकांक्षा कसरी पूरा हुनसक्छ ?
मिडियामा संघीयताविरुद्ध सन्देहको खेती 
पहिले अंकगणितबाट संविधान बन्दैन भन्ने भ्रम फैलाइयो । तर, गणितबाटै संविधान बन्यो । मधेस केन्द्रीत दलको माग सम्बोधन नभएसम्म चुनाव सम्भव छैन भनियो, सफलतापूर्वक चुनाव सम्पन्न भयो । अहिले फेरि जनतामा ओपनियन बनाउने भनिएकाहरुले मिडियामा संघीयता सफल हुँदैन भनेर सन्देहको खेती गरिरहेका छन् । मिडियाले पनि त्यस्तै व्यक्तिहरुको ओपनियनलाई प्राथमिकताका साथ स्थान दिइरहका छन् । सरकार बनेपछि वामपन्थी सरकारलाई भारतले हलचल गर्न दिदैँन भन्ने हल्ला फैलाइयो । अहिले प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि त्यत्रो नाकाबन्दी गर्ने भारतले त्यतिकै स्वागत कसरी ग¥यो होला भनेर अर्को सन्देहको खेती गरिदैंछ । सरकारले अर्थतन्त्र संकटमा परेको कुरालाई श्वेतपत्रमार्फत सार्बजनिक ग¥यो । तर त्यसलाई एकातिर त्यो सत्य हुँदै होइन, गलत भनेर प्रचार गरिदैंंछ भने अर्कोतर्फ हुन त हो, तर त्यो कम्युनिष्ट विचलनका कारण भएको हो भनेर विरोधाभाषयुक्त भ्रमपूर्ण दोहोरो प्रचार गरिदैंछ ।
(एमाले केन्द्रीय स्कूल विभागद्वारा वैशाख ९ गते पार्टी शिक्षा माला पुस्तक विमोचन कार्यक्रममा व्यक्त गरेको विचारको संक्षेप)

प्रतिक्रिया दिनुहोस्