मुग्लिन नारायणगढ र हेटौडा – काठ्माण्डौँ सडक बिहानै देखी अवरुद्ध


१ साउन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दारेचोक गाविस–४ मुग्लिन बजार नजिकै पहिरो खसेपछि आज बिहान ५: २५ बजेबाट सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मुग्लिन बजारबाट ४०० मिटर नारायणगढतर्फ पहिरो खसेको हो । सडक विस्तारका क्रममा काटिएको भित्तो माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सडक खुलाउने कार्य सुरु भइसकेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएसँगै  पुर्व पश्चिम  राजमार्ग बाट राजधानी  जाने आउने सवारी लाम लागेको छ ।

हेटौडा – काठ्माण्डौँ सडक पनि बिहानै देखी अवरुद्ध

गएराति परेको वर्षात्ले हेटौँडा कुलेखानी सडकखण्डको सिस्नेरी गाविस–४ थिङडाँडामा पहिरो जाँदा आज बिहानदेखि हेटौडा–काठमाडौँ यातायात सेवा अवरुद्ध भएको छ ।

यो राजमार्ग अवरुद्ध भएपछि आज बिहानबाट त्रिभुवन राजपथबाट सुमो जिप, कार, बस, ट्रकहरुका यातायात सुचारु नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मौसम अनुकूल भएमा अवरुद्ध रहेको हेटौडा कुलेखानी सडकखण्डको सिस्नेरीको पहिरो हटाइ आज मध्याह्नबाट यातायात चालु हुन सक्ने मकवानपुरको प्रजिअ डा मानबहादुर विश्वकर्माले राससलाई जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्