मुलुकको संवृद्धिका लागि सूचना प्रविधिको सही सदुपयोग–मन्त्री बास्कोटा


काठमाडौ, १३ बैशाख । सञ्‍चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले मुलुकको संवृद्धिका लागि सूचना प्रविधिको सही ढंगले प्रयोग गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित सूचना प्रविधि सम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले सूचना प्रविधिको सही सदुपयोगले मात्र मुलुकको संवृद्धि हुने बताएका हुन् । बास्कोटाले मानव जीवनमा सूचना प्रविधिको प्रयोग अति आवश्यक भए पनि यसको सहि सदुपयोग हुन नसक्दा नयाँ पुस्ता विनाशतर्फ लाग्ने भएकाले सवैले सचेत हुनुपर्ने वताए । राज्यमन्त्री बास्कोटाले सूचना प्रविधिको कमीका कारण नभई नेपाली महिलाहरू राजनीतिक(आर्थिक सम्बन्धका कारण पछि परेको स्मरण गराए। सूचना प्रविधिको सही सदुपयोग आजको मुख्य आवश्यक्ता रहेको बताउँदै राज्यमन्त्री बास्कोटाले सूचना प्रविधिको दुरुपयोग हुन नदिन सरकार सचेत रहेको पनि स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्