मुलुकमा संवैधानिक दुर्घटनाको खतरा छ : अध्यक्ष थापा


४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अबको डेढ वर्षभित्रमा तीनवटा निर्वाचन हुन नसकेमा मुलुकमा संवैधानिक दुर्घटनाको खतरा रहेको बताएका छन्।

पार्टीले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले देशलाई संवैधानिक सङ्कटबाट बचाउन पूर्ववर्ती सरकारले स्थानीय तहका लागि तय गरेको तालिकाअनुसार मङ्सिरमा चुनाव गराउने वातावरण बनाउन सरकारलाई आग्रह गरे ।

उहाँले राप्रपासँग एकीकरण हुन नसके पनि उक्त पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गर्न थालेको जानकारी गराउँदै राष्ट्रिय अखण्डता र नेपालीको स्वाभिमानलाई संरक्षण गर्न राप्रपा नेपाल दृढताका साथ अगााडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उक्त कार्यक्रममा राप्रपाका सहायक महामन्त्री हेमराज गुरुङ, सोही पार्टीको लमजुङ जिल्ला कमिटीका सबै पदाधिकारी तथा विभिन्न राजनीतिक दल परित्याग गरी आएका करिब ५०० जनालाई अध्यक्ष थापाले पार्टी प्रवेश गराए ।

राप्रपाका सहायक महामन्त्री गुरुङ उक्त पार्टीमा प्रवेश गरेपछि सङ्गठनको आदर्श तथा निष्ठालाई उचाइमा पु¥याउने बताउँदै देशभर सङ्गठन सुदृढीकरणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्