मुलुकी ऐन संशोधन माग राखेर नाङ्गै प्रदर्शनमा उत्रेका एक युवा प्रहरी नियन्त्रणमा


काठमाडौं, १ भदौ । मुलुकी ऐन संशोधन र राष्ट्रिय जनावार बदलीको माग राखेर नाङ्गै प्रदर्शनमा उत्रेका एक युवालार्इ प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रावार सिंहदरवारको पुर्वी गेट नजीक हनुमानस्थनमा जनवार सबै एक हुन्, कानून सबैलाई लागू गर, मुलुकी ुऐन संशोधन गर र राष्ट्रिय जनावर बदली गर’ लगायतका नारा लेखिएको प्लेकार्ड वोकेर नागैं प्रदशन गरिरहेका युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएका युवा बिकिन लिम्बु भएको बताईएको छ । उनले आफुलाई पशुअधिकारकर्मी बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्