मुसहर बस्तीबाट भाबूक हुँदै यसरी विदा भए धुर्मुस–सुन्तली


४ वैशाख । सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) मुसहर बस्तीबाट करीब ९८ दिनको बसाई पछि विदा भएका छन् । धुर्मुस–सुन्तली फाउन्डेसनका तर्फबाट महोत्तरी जिल्लाको बर्दिवासमा निर्मित ५० घरधुरी मुसहर समुदायका बासिन्दालाई एक भव्य कार्यक्रमसहित हस्तान्तरण गरेपछि उनीहरु फर्किएका हुन् ।

वैशाख १ गते कलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको उपस्थितिमा व्यवस्थापन समितिका अध्यक्ष बिल्टु सादा मुसहरलाई बस्तीको साँचो हस्तान्तरण गरिएको थियो । बस्ती हस्तान्तरणपछि पनि धुर्मुस–सुन्तली भने वर्दिवासमै थिए । उनीहरु आज सो बस्तीबाट विदा भएका हुन् । ‘एकिकृत नमुना मुसहर बस्तीबाट विदा भइयो ।

नेपालका धर्ती पुत्र मुसहर दाजुभाई दिदीबहिनीहरुले गरेको विदाइको सम्मानले निकै भावुक बनायो,’ धुर्मुसले आफुले बस्ती छाड्दै गर्दा सामाजिक सञ्जालमा लेखेका छन्,’ ‘जुन खुशीका लागि हामीले काम गरेका थियौं, त्यो खुशीले सार्थकता पाएको हामीले महसुस गरेका छौं । सुन्दर घरसंगै उहाँहरुको जिन्दगी सफल बनोस् हाम्रो पनि शुभकामना । सहयोगी हातहरुलाई लाख लाख शुभकामना ।’

प्रतिक्रिया दिनुहोस्