मेरुदण्ड समस्याको विश्वव्यापी अभ्यासबारे विभिन्न देशबीच काठमाडौमा छलफल


काठमाडौ, २३ बैशाख । काठमाडौंमा न्यूजिल्याण्ड अष्ट्रेलिया अमेरिका स्पाइन कन्फ्रेन्स २०१८ सम्पन्न भएको छ ।
‘स्पाइनल डिफर्मिटि एण्ड इम्व्यालेन्स(ग्लोबल ट्रेन्र्ड’ शिर्षक दिइएको सम्मेलनमा नेपाल सँगै न्यूजिल्याण्ड, अष्ट्रेलिया र अमेरिकाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सहभागि भएका थिए ।
सम्मेलनमा स्पाइन अर्थात मेरुदण्ड सम्बन्धि बिभिन्न समस्याहरु तथा रोगहरु र उपचारमा भइरहेको बिश्वब्यापि अभ्यासबारे गहन छलफल भएको थियो ।
बिशेषगरी एडल्ट डिफर्मिटी तथा बालबालिकाहरुमा देखिने ढाड सम्बन्धी समस्या जस्तै स्कोलियोसिस लगायतका समस्याहरु बारे सहभागिहरुले आफ्ना अनुभव आदानप्रदान गरेका थिए ।
एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपाल स्पाइन हेल्थ इन्टरनेशनल तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको संयुक्त आयोजनामा भएको दुई दिने सम्मेलनको नेतृत्व कोर्स कोअर्डिनेटरका रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको स्पाइन सर्भिसेजका डाइरेक्टर समेत रहनुभएका कन्सल्ट्यान्ट अर्थोपेडिक तथा स्पाइन सर्जन डा. बिनोद बिजुक्छेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्