मेलुङ गाउँपालिकाले सुरु गर्दै व्यवसायिक फलफुल खेती


दोलखा, २५ वैशाख । दोलखाको मेलुङ गाउँपालिकाको कृषि शाखाको आयोजनामा व्यवसायिक फलफुल खेती सुरु भएको छ । गाउँपालिकाको तामाकोशी करिडोरभित्र पर्ने वडा नम्वर १,२, ४ र ७ का कृषि समुह, कृषि सहकारी, सामुदायिक वन लगायतमा सामुहिक रुपमा व्यवसायिक फलफुल खेती गर्ने किसानलाई गाउपालिकाले केरा, मेवा, लिचि, कटर लगायतका विरुवाका लागि आवेदनको लागि गाउँपालिकाले आव्हान गरेको छ । फलफुलमा खेरा, आँप, लिचि कटर र मेवाका विरुवा प्रति समुह एक लाख सम्मको वितरण गरिने अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिए । व्यवसायिक फलफुल खेतीले कृषकको जिवनस्तरमा सहयोग पुग्ने श्रेष्ठले बताए । स्थानीय तहमा भएका स्थानीय जातका फलफुललाई संरक्षण गर्ने गरि विरुवा वितरण गरिने उनले बताए । गाउँपालिकाले व्यवसायिक खेती गर्ने प्राविधिक सहयोग सबै वडाका किसानलाई उपलब्ध गराउने छ । परम्परागत कृषिबाट कृषकको जीवनस्तर परिवर्तन हुन नसकेपछि आधुनिक ढंगले यसलाई अघि बढाउन लागिएको हो । गाउपालिकाको मध्य भागमा कागती, सुन्तला, जुनार खेतिका लागि प्रति समुह एक लाख बरावरको विरुवा वितरण गरिने छ । यसअघि नै माथिल्लो भेगमा पाँचवटा समुहलाई तालिम दिएर आलुको व्यवसायिक खेती सुरु भइसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । फलफुलमा भारतको भर पर्नुपर्ने वाध्यतालाई न्युनिकरण गर्दै नेपाल आफै आत्मनिर्भर हुन व्यवसायिक कृषिमा जोड दिनुपर्ने भएकाले यसको सुरुवात दोलखाको मेलुङबाट सुरु गरिएको अध्यक्ष श्रेष्ठले बताए ।kera 1

प्रतिक्रिया दिनुहोस्