मेसीका प्रशंसक स्तब्ध, २४ करोड रुपैयाँ जरिवानाको फैसला


२२ असार । संसारकै तेस्रो ठूलो उपाधि कोपा कपबाट विमुख भएर लियोनल मेसीले राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गर्दा उनलाई संसारभरबाट हेरिरहेका खेलप्रेमी स्तब्ध भएका थिए । अहिले फेरि उनीसँगै जोडिएको अर्को दुःखपूर्ण समाचार बाहिर आएपछि उनका प्रशंसक थप स्तब्ध भएका छन् । स्पेनको एक अदालतले बार्सिलोनाका फुटबल स्टार मेसीलाई २१ महिना जेल सजाय सुनाएसँगै उनका प्रशंसक थप स्तब्ध भएका हुन् ।  बिबिसीका अनुसार उनलाई झन्डै २४ करोड रुपैंया (२ मिलियन युरो) जरिवाना पनि तोकेको छ। यद्यपि २१ महिना जेल सजाय तोके पनि उनी जेल भने जानु नपर्ने भएको छ ।

कर छलिको अभियोगमा बुधबार अदालतले यस्तो सजाय सुनाएको हो। अर्जेन्टीनी खेलाडी मेसी र उनका बुबालाई स्पेनमा ५० करोड रुपैंयाँ (५ मिलियन अमेरिकी डलर) कर छलि गरेको मुद्दा अदालतमा थियो।

प्रतिक्रिया दिनुहोस्