मे दिवसमा जिफन्टको घोषणाः मजदुरको न्युनतम मासिक ज्याला १५ हजार


काठमाडौं, १८ वैशाख । नेपाल ट्रृेड युनियन महासंघ(जिफन्ट)ले मजदुरहरुको न्युनतम मासिक पारिश्रमिक १५ हजार तथा दैनिक ज्याला ६ सय पु¥याउने घोषणा गरेको छ । अन्तराष्ट्रिय मजदुर दिवश(मे १)का अवसरमा मंगलबार सन्देश जारी गर्दै जिफन्टले मजदुरहरुको मासिक न्युनतम पारिश्रमिक ५ हजार बढाउने अभियानको घोषणा गरेको हो ।
हामी मजदुरहरुको मासिक पारिश्रमकि न्युनतम ५ हजार र दैनिक ज्यालामा २ सय वृद्धि गर्ने अभियान संचालन गर्ने घोषणा गर्छौं’, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले भने,‘निष्कर्षमा नपुगेसम्म देशभर सुरु हुने हाम्रो अभियान तीब्र बनाइनेछ ।’ सरकारले तोकेअनुसार अहिले मजदुरहरुल न्युनतम मासिक ९ हजार ७ सय तथा दैनिक ४ सय रुपैयाँ पारिश्रमिक पाउँदै आएका छन् ।

त्यस्तै, जिफन्टले राज्यव्यवस्थाका तीन वटै तहमा श्रमिक वर्गको राजनितिक पहुँच र शक्ति सुदृढ गर्ने, सामाजिक सुरक्षामा बढी भन्दा बढी श्रमिकको पहुँच बनाउन दबाव र अभियान संचालन गर्ने, श्रम अडिटको प्रभावकारी शुरुवातका लागी दबावमूलक कार्यक्रमहरु अघि बढाउने योजना पनि सार्बजनिक गरेको छ । एउटै महासंघ बनाउन वृहत एकताका लागी अभियान तथा जेटीयुसीसीको समेत थप सुदृढीकरण गर्ने, महिला विरुद्धको हिंसा अन्त्य गर्नका लागी आचारसंहिता कार्यान्वयन गराउन विशेष पहल लिने पनि सन्देशमा घोषणा गरिएको छ ।
मजदुर दिवशका अवसरमा जिफन्टसहित विभिन्न मजदुर संगठनले ज्याला वृद्धि र श्रम ऐन कार्यान्वयनको माग गर्दै देशभर विविध कार्यक्रमहरु आयोजना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्