मोदीको भम्रणका बेला उपत्यकामा शनिवार कुन रुटमा कतिवेला सवारी रोकिने हेर्नुहोस तालिका


रुकाठमाडौ, २९ बैशाख । नेपालको राजकीय भ्रमणमा रहेका भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी शनिवार मुक्तिनाथ दर्शन गरेर फर्केपछि पशुपतिको दर्शन गर्न जानेछन् । पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेपछि मोदी जोरपाटीमा रहेको होटल हायातमा जानेछन् । सो समयमा विमानस्थल, तिलगंगा, बनकाली मोड, गौशाला चोक, भुबनेश्वरी चोक, पशुपतिको पश्चिम गेट, मित्रपार्क, चाबहिल, चुच्चेपाटीको रुट सम्मको सवारी आवागमन रोक लगाईएको छ ।
यात होटलमा खानपिन र केहीबेर आराम गरेपछि मोदी राष्ट्रिय सभागृहमा नागरिक अभिन्दन समारोहमा करिब २ः४५ सहभागी हुनेछन् । त्यसको लागि चाबहिल, मित्रपार्क, गौशाला चोक, तिलगंगा एयरपोर्ट गेट, सिनामंगल, तिनकुने, नयाँबानेश्वर, बिजुलीबजार, माइतीघर, सिंहदरवार, पद्मोदय मोड, भृकुटीमण्डपको रुट सर्वसाधरणको लागि रोक लगाईएको छ । काठमाडौ महानगरमालिकाको नागरीक अभिनन्दन पछि पछि मोदी ४ बजे स्वदेश फिर्ती हुनेछन् । सो समयमा राष्ट्रिय सभागृहबाट भद्रकाली, सिंहदरवार, माइतीघर, बिजुलीबजार, नयाँबानेश्वर, तिनकुने, सिनामंगल, एयरपोर्ट गेट, गौचर ब्यारेक हुँदै मोदी विमानस्थलभित्र प्रवेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्