मोदीको भ्रमणमाथि सांसदको प्रश्न, प्रधानमन्त्रीसँग जवाफ माग


काठमाडौ, २६ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे संसदमा जानकारी गराउन सांसदहरुले माग गरेका छन् ।
संसद बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मोदी नेपाल भ्रमण आउने चर्चा भए पनि संसदलाई अहिलेसम्म जानकारी नभएको बताए । सांसद सुवालले मोदी नेपाल भ्रमणमा आउँदा राजधानी नआई जनकपु्र आउनुको कारणबारे जानकारी दिन पनि माग गरेका छन् । सरकार प्रमुख छिमेकी देशको राजधानीबाट भ्रमण सुरु गर्नुपर्नेमा जनकपुरमा आउनुको कारण माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्