मोदीको भ्रमणले नेपाल भारतबीचका समस्या जस्ताको त्यस्तैः माओवादी प्रवक्ता भुसाल


काठमाडौं, ३१ वैशाख । माओवादी प्रवक्ता पम्फा भुसालले अरुण ३ सम्झौता संविधान विपरित भएको बताएकी छिन । आजको संसदको बैठकमा माओवादी प्रवत्ता पम्फा भुसालले मोदीको भ्रमणमा नेपाल भारतबीच रहेका जल्दाबल्दा समस्या समाधान नभएको बताइन् । प्रवक्ता तथा प्रतिनिधिसभा सांसद पम्फा भुसालले अरुण ३ को सम्झौताबारे प्रश्न उठाएकी हुन् । उनले प्राकृतिक स्रोत साधनबारे सन्धि सम्झौता गर्दा प्रतिनिधि सभाको दुईतिहाई बहुमतले पारित गर्नुपर्ने संबैधानिक व्यवस्था रहेको तर्फ सरकारको ध्यानाकर्षण गराइन् ।
अरुण ३ जलविद्युत आयोजना बारे २८ वैशाखमा नेपालका प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंको द्वारिकाज् होटेलमा स्विच थिचेर शिलान्यास गरेका थिए ।
अरुण ३ शिलान्यासमा उर्जा मन्त्री बर्षमान पुनलाई नबोलाएपछि माओवादी रुष्ट बनेको बताइएको छ । सांसद
प्रतिनिधि सभाको बैठकमा उनले नेपाल(भारतबीचमा रहेका जल्दाबल्दा समस्याको निवारण नभएको बताइन् । सांसद भुसालले सिमाना, बाढी डुबानका समस्या, विराटनगरमा रहेको भारतीय महावाणिज्यदूतको कार्यालय हटाउने लगायतका समस्या मोदी भ्रमणका क्रममा नेपाल सरकारले समाधान गर्नेतर्फ ध्यान नदिएको बताइन् । उक्त समस्याको तत्काल हल खोज्न पनि सांसद भुसालले सरकारसँग माग गरिन् ।

प्रतिक्रिया दिनुहोस्