मोदीसँगको वान–अन वान वार्ताबारे प्रधानमन्त्रीको खुलासा


काठमाडौं ३० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट नेपालमा आउने उडानका लागि भारतले एउटा मात्र रुट दिएकोमा त्यसलाई बढाएर चारवटा पुरयाउने सहमति भएको खुलसा गरेका छन । “हालसम्म बीरगञ्जबाट मात्र एयर रुट रहेकोमा अब बिराटनगर,भैरवहा र नेपालगञ्जबाट पनि भारतले एयर रुट दिने सहमति भएको बताएका हुन । यसका लागि आगामी सेप्टेम्बर देखि काम अघि बढाउने सहमति भएको प्रधानमन्त्री ओलीले जानकारी दिए । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पुरयाएको उनले बताए ।
मोदीको भ्रमणका बिषयमा आइतवार संसदलाई जानकारी दिंदै प्रधानमन्त्री ओलीले भारतले नेपालको सहयोगका लागि बिगतमा गरेका प्रतिवद्धता कार्यन्वयनमा जोड दिएको बताए । प्रधानमन्त्री ओलीले यस पटकको मोदी भ्रमण दुई देश बीचको सम्बन्धलाई बराबरीका आधारमा बढाउने प्रस्थान विन्दु भएको बताए । “दुई देश बीचको सम्बन्धलाई सुधार्नु पर्छ” प्रधानमन्त्री ओलीको भनाइ छ “हेपाइ सहनु हुदैन । विगतमा अल्झिएर मात्र हुदैन । नयाँ सम्बन्ध स्थापित पनि गर्नुपर्दछ ।” प्रधानमन्त्री ओलीले आफूले राष्ट्रहितलाई शीर र मनमा राखेको बताएका छन । “प्रधानमन्त्रीको हैसियतले देशको शिर निहुराउने काम गर्न दिने छैन । यसै देशको अन्नपानी खाएको हुँ । अरुको हितमा काम गर्दिन ” प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्