मोदी आउने समयमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ३० मिनेट बन्द


काठमाडौ, २८ बैशाख । शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ३० मिनेट बन्द हुने भएको छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यात्रा समयमा विमाानस्थल बन्द हुने भएको हो ।
दिउसो १२ः ४५ देखि १ः१५ सम्म विमानस्थल बन्द हुने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।
विमानस्थल कार्यालयले सबै एयरलाइन्सहरुको लागि नोटिस टु एयरमेन जारी गरिसकेको ठाकुरले बताए।

प्रतिक्रिया दिनुहोस्