मोदी भ्रमणपछि बाम एकता अलमल


काठमाडौ, ३१ वैशाख । बैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भीभीआइपी पाहुनाको रुपमा नेपालमा तेस्रो पटकको निम्ति पाइला राखे । धर्मकर्ममा आकण्ठ डुबेका मोदी उच्चस्तरीय धार्मीक यात्रीको रुपमा काठमाडौ नउत्रिएर आध्यात्मिक नगर जनकपुरको अभिनन्दन भ्याउन ९ बजे त्यतातिर हान्निए । त्यसो त दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको नेपाली सार्वभौमसत्ता विरोधी भाषणको कारण अभिनन्दनप्रति सामाजिक सञ्जालमा व्यापक आक्रोश पोखियो । साँघु साप्ताहिकका अनुसार मोदी भ्रमणपछि वाम एकता थला पर्ने सम्भावना देखिएको छ । मोदीमन्त्र पछि हौसिएका मधेसी दलहरुले सरकारमा सहभागी भएर वा बाहिरै बसेर ओली सरकारलाई टिकाउने खेल खेल्नेछन । युरोपियन युनियनको जातीय दादागिरी, बढ्दो इसाई धर्मान्तरण, सिन्डिकेट र सुन तस्करीविरुद्ध निर्मम रुपमा प्रस्तुत भएका ओली बाम पार्टी एकतामा देश र जनतालाई मर्का पर्नेगरी सम्झौता नगर्ने पक्षमा देखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्